News Portal

राप्रपा सांसद लिङदेनको स्वास्थ्य अवस्था सुधारोन्मुख

रातोपोस्ट संवाददाता
८४१ पटक

काठमाडौं,  २६ मंसिर ।   प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनको अवस्था सुधारोन्मुख देखिएको छ।

स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारका लागि उनलाई बिहीबार  विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई त्यहाँबाट बिहीबार बेलुकी ७:३० बजे नै नेपाली सेनाको एयर एम्बुलेन्सबाट  काठमाडौं ल्याइएको थियो।

मेडिसिटी अस्पतालमा उपचाररत लिङ्‌देनको अवस्था अहिले सुधारोन्मख रहेको भाइ रवीन्द्र लिङदेनले बताए । उनी केही दिनदेखि अस्वस्थ थिए । श्वासप्रश्वासमा समस्या भएपछि जाँच गर्दा उनलाई निमोनिया पुष्टि भएको थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस्