रातोपोस्ट संवाददाता

झापा, २६ मंसिर। झापामा पिकअप भेन दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । पाडाजुगी – गौरीगञ्ज सडक अन्तर्गत गेउरिया सडक खण्डमा आज बिहान भएको पिकअप दुर्घटनामा दमक- ९ का ५५ बर्षिय मंगल चौधरीकाे मृत्यु भएकाे ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।
आज बिहान मे १ च ६४९७ नम्बरकाे पिकअप भेन दुर्घटना हुँदा चाैधरीलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएपनि उनकाे तत्कालै मृत्यु भएको प्रहरीले बताएकाे छ । सो दुर्घटनाका अर्का घाईते दमककै २६ बर्षिय सनिल चौधरीको थप उपचारका लागि विराटनगरतर्फ पठाइएको छ भने जलेश्वर चौधरीको दमकमा नै उपचार भइरहेको प्रहरीले जनाएकाे छ।दुर्घटनाग्रस्त पिकअपका चालक दमक ६ का २० बर्षिय रोहन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।