News Portal

झापामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
६८१ पटक

झापा, ४ पुष । झापामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र ८ जना पुरूष रहेका छन् ।

संक्रमित हुनेहरुमा बिर्तामोडमा ७ महिलासहित ८ जना, दमकमा २ जना महिला, २ जना पुरुष, शिवसताक्षीका १ महिला, २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकाका १/ १ जना पुरुष, मेचीनगर, कनकाई र कचनकवलमा १/ १ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट झापामा आज एक जनाको निधन भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.९ का ७४ वर्षीय पुरुष रहेका छन् ।

प्रतिकृया दिनुहोस्