News Portal

बादल, रायमाझी, भट्ट र थापाले अन्तिम समयमा छोडे प्रचण्डको साथ !

रातोपोस्ट संवाददाता
८४२ पटक

काठमाडौँ ५ पुस । नेकपा स्थायी कमिटी बैठकमा पूर्वमाओवादी समूहबाट ४ जना अनुपस्थित भएका छन्। सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्थायी कमिटी सदस्य टोपमबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा अनुपस्थित भएका छन्।

प्रचण्ड निकट मानिँदै आएका बादल, थापा, रायमाझी र भट्ट अनुपस्थित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा गजुरेलले हस्ताक्षर गरे पनि स्थायी कमिटी बैठकमा भने अनुपस्थित भएका हुन्।

यसअघि बादलले लामो समय प्रचण्डलाई साथ दिएपनि अन्तिमा ओलीको कित्तामा उभिएका छन्। यस्तै अर्का स्थायी कमिटी थापाले लामो समय प्रचण्डलाई साथ दिएपनि अन्तिमा उनलाई छोडेका छन्। आफूलाई पार्टीमा अवसर नदिएको भन्दै थापा ओली कित्तामा उभिएका हुन्। भट्टको भने प्रचण्डसँग फरक खालको गुनासो छ। सुदूरपश्चिम राजनीतिमा प्रचण्डले स्थायी कमिटी सदस्य भीम रावललाई साथ दिएपछि भट्टले प्रचण्डलाई छोडेका हुन्। अहिले भट्ट ओलीको सबैभन्दा नजिकका विश्वास पात्र मन्त्रीको रुपमा चिनिन्छिन्।

स्थायी कमिटी बैठकअघि पूर्व माओवादी नेताहरुले ओलीसँग परामर्श गरेका थिए। बालुवाटारको एक भवनमा स्थायी कमिटी बैठकका लागि प्रचण्ड-नेपाल पक्षका नेताहरु कुरेर बसेका थिए। उता पूर्व माओवादीतर्फका बादलसहित रायमाझी, भट्ट र थापा लामो छलफल गरेका हुन्। बादल समूहमा स्थायी कमिटी सदस्य देव गुरुङ र पम्फा भुसालले छोडेका छन्। बादल समूहबाट पूर्व माओवादीबाट रायमाझी, भट्ट र थापा नयाँ सदस्य थपिएका छन्। स्थायी कमिटीमा बादलले एक जना सदस्य थप्न सफल भएका छन्।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)