News Portal

संसदीय दलको नेतामा प्रचण्ड चयन

रातोपोस्ट संवाददाता
५९४ पटक

काठमाडौं, ८ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरिएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको प्रचण्ड–माधव समूहको बैठकले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको छ ।

यसअघि प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको छ र माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ।

प्रतिकृया दिनुहोस्