News Portal

  • ओली पक्षले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज

    रातोपोस्ट संवाददाता
    ४२३ पटक

    काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले पार्टीका सातै प्रदेशमा संयोजक तोकेको छ ।

    विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशमा संयोजक तोकिएको जानकारी गराएका छन् ।

    ओली पक्षको प्रदेश संयोजकमा प्रदेश एकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन् । त्यस्तै टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको समन्वय संयोजक तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)