News Portal

योगश भट्टराईले भने, ओली कमरेड तपाईंको राजनीतिक जीवन समाप्त भयाे, अब आराम गर्नुहाेस !

रातोपोस्ट संवाददाता
१२१४ पटक

झापा, पुस १८ । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ । संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शनिवार बिर्तामोडमा प्रदर्शन गरेको हाे ।

बिर्तामोडमा आयोजित विरोध सभामा बोल्दै पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्तालाई ओलीलाई धेरै नउकास्न सुझाव दिए । अब ओली कमरेडको राजनीतिक जीवन समाप्त भएको बताउँदै भट्टराईले ओलीलाई अब आराम गरे देश र जनता राम्रो हुने बताए ।

उनले भने, दुई जना पाइलट रहेको ठूलो जेट विमानलाई एक जना क्याप्टेनले विमान दुर्घटना गराए पनि अर्का क्याप्टेनलाई साथ दिनु तपाईं/ हाम्रो दायित्व हो। गलत गर्ने पाइलटलाई कक्पिटबाट निकालेकाे उनले बताए । भट्टराईले भने, ‘तर फेरि पनि पार्टी एकताबद्ध हुनुपर्छ भनेर हामी भन्न चाहन्छौँ।’

कार्यक्रमलाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईंले अहिलेको संविधान शहिदहरुको बलिदानको उपज भएको बताइन्। उनले भनिन्, ‘जनताको भरोसा चकनाचुर भएको छ। प्रतिनिधि सभा विघटन गरिएपछि म आफैंलाई ग्लानी भएको बताइन्’।

विरोध कार्यक्रममा नेकपा झापाका इञ्चार्ज रविन कोइराला, केन्द्रीय सदस्य नरेश खरेल, सहसंयोजक बिजय साम्पाङ, प्रदेश सांसद् झलकसिंह दर्लामीलगायतका नेताहरु सहभागी थिए । विरोध सभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध चर्का नाराबाजी प्रचण्ड–नेपाल समूहका नेता/कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए।

प्रतिकृया दिनुहोस्