News Portal

विमानस्थलबाट ५० थान गोलीसहित झापाका राई पक्राउ

रातोपोस्ट संवाददाता
९२८ पटक

काठमाडौं, पुस २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा मेचीनगर २ का बद्रीहाङ राई रहेका छन्। उनको साथबाट प्रहरीले ९ एमएमको पेस्तोलको ५० थान गोली बरामद गरेको हो।

श्री एयरलाइन्सको जहाजमार्फत भद्रपुर जाँदै गरेका राईलाई विमानस्थलमा चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्