News Portal

झापामा ब्राउन सुगरसहित दम्पत्ति पक्राउ

रातोपोस्ट संवाददाता
४६१ पटक

झापा, पुस २९ । झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले बुधबार एक दम्पत्तिलाई पक्राउ गरेको छ ।  मेचीनगर –१३ चारआलीबाट आज दम्पत्ति  पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मेचीनगर–१ बाहुनडाँगीका सुजन राजपूत र उनकी श्रीमती पूजा मगर रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुका साथमा १० ग्राम ब्राउनसुगर भेटिएको  झापा प्रहरीका प्रवक्ता डीएसी राकेश थापाले बताए ।

प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखि थप अनुसन्धान गरिने बताएको छ ।

प्रतिकृया दिनुहोस्