News Portal

प्रहरी कहिल्यै राजनीतिक दबावमा रहेर काम नगर्ने : प्रहरी प्रमुख भट्टराई

रातोपोस्ट संवाददाता
४४४ पटक

झापा,२ माघ । जिल्ला प्रहरी कार्यालय झापाको जिम्मेवारी सम्हाल्न आएका प्रहरी प्रमुख सानुराम भट्टराईले झापामा रहँदाको आफ्नो पहिलाे मिसन लागुऔषध नियन्त्रण र रोकथाम रहेकाे बताए ।

सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख भट्टराईले भविष्यको राष्ट्रिय सम्वाहकको रुपमा चिनिएका युवा वर्ग नै लागुऔषध दुव्र्यसनीमा फँसेको विषेश अभियान संन्चालन गर्ने जानकारी दिए । प्रमुख भट्टराईले जिल्लाका आम नागरिक तथा सञ्चारकर्मीको सल्लाह तथा सुझाव बमोजिम मानव बेचविखन, चोरी तस्करी नियन्त्रण लगायतका समाजमा हुने गरेका आपराधिक कार्यको नियन्त्रणमा प्रहरी अहोरात्र खटिने बताए ।

प्रहरीले कहिल्यै पनि राजनीतिक दबावमा रहेर काम नगर्ने बताउँदै उनले कानुन बमोजिम पीडितलाई न्याय र पीडकलाई कारवाही गरेरै छाडिने समेत विश्वास व्यक्त गरे । उनले प्रहरी आचरणमा सुधार गर्न आवश्यक रहेको बताउँदै कार्य योजनाको आधारमा जनचाहना विपरित काम गर्ने प्रहरीलाई कारवाही गरिने पनि बताए । कार्यक्रममा सहजीकरण डिएसपी राकेश कुमार थापाले गरेका थिए भने कार्यक्रममा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्