News Portal

प्रचण्ड–माधव समूहको पत्र ओलीलाई ३ दिनभित्र स्पष्टीकरण

रातोपोस्ट संवाददाता
६८५ पटक

काठमाडौं, ५ माघ । प्रचण्ड नेपाल पक्ष आज बालुवाटार पुगेको छ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् ।

नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए । गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो । अध्यक्षद्वयको पत्रमा ओलीलाई तीन दिनको म्याद दिइएको छ।

जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर रु स्पष्टीकरण माग गरिएको छ । नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्