News Portal

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

रातोपोस्ट संवाददाता
५४७ पटक

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। नयाँ सूचीअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

मूल्य समायोजन पश्चात् पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा र खाना पकाउने एलपजी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ। निगमले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्