News Portal

बुधबारे जेसीजद्धारा गुरुकुलका विद्यार्थीलाई खाद्यन्न वितरण

रातोपोस्ट संवाददाता
६६५ पटक

झापा, ५ माघ । बुधबारे जेसीजले सोमबार आनन्देश्वर शिवमन्दिर गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ । विश्वमा पूर्वीय दर्शनको महत्व र गरिमालाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानमा लागेको भन्दै गुरुकुलका विद्यार्थीहरुलाई रुद्राक्षको माला, गीताको किताव प्रदान गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व, कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकालको संयोजकत्वमा आनन्देश्वर शिवमन्दिरका अध्यक्ष पहलमान बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

बुधबारे जेसीजका अध्यक्ष वाग्लेले सबै धर्मको सारतत्व अहिंसा परमोधर्म भएको बताउँदै पूर्वीय दर्शनको विषयमा सिंगो विश्वले खोज अनुसन्धान गरिरहेको सन्दर्भमा पूर्वीय दर्शनका अनेकन महत्वपूर्ण विषयमा विश्वलाई चिनाउन, दर्शाउन र बुझाउन आवश्यक भएको बताउँदै समाजले पूर्वीय दर्शनका व्याख्यातासँग ठूलो आशा र भरोसा राखेकाले विश्वलाई पूर्वीय दर्शनका विषयमा बुझाउन जिम्मेवारीमा रहेकाले सक्नुपर्ने धारणा राखे । वाग्लेले जो जेमा दक्ष छ उसले थप दक्षता हासिल गरेर आप्mनो कर्तव्य पूरा गर्न लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बरालले बुधबारे जेसीजले गरेको कार्यप्रति प्रसंशा गरे । उनले युवाहरुले धेरै गर्न सक्ने र गर्नुपर्ने धारणा राखे । कार्यक्रमका विशेष अतिथि गुरुकुलका गुरु लक्ष्मी तिम्सिनाले जेसीजले गरेको यस कार्य प्रति खुसी व्यक्त गर्दै सबैले पूर्वीय दर्शनको महत्व विश्वसामू बुझाउन लाग्नुपर्ने बताए ।

कार्यक्रममा गुरुकुलका गुरु नीधिराज सुवेदी, बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, प्रकाश भण्डारी, हेमन्तराज बराल, निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई लगायतको आतिथ्यता थियो । महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा गुरुकुलका २२ विद्यार्थीलाई सम्मान सहित खाद्यान्य वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्