News Portal

प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै सकियो

रातोपोस्ट संवाददाता
३७९ पटक

काठमाडौं, ७ माघ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेट मात्रै बसेर स्थगित भएको छ। बुधबार दिउँसो बसेको बैठकको सुरुवातमै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रखुम सोमनाथ प्यासीको पत्र पढेर सुनाएका थिए।

पत्र पढेर सुनाएलगत्तै सभामुख भण्डारीले बैठक स्थगित भएको जानकारी दिए। नेकपा विभाजनपछि पछि नेकपाकै प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। त्यस्तै ओली पक्षले प्रचण्ड नेपाल समूहका सांसदहरुलाई कारबाही गरेका कारण प्रदेश सभामा असहज वातावरण उत्पन्न हुने आँकलन गरिएको थियो।

बुधबारको बैठकमा नेकपाका दुवै पक्षले एक अर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघि नै गरेको थियो।

प्रतिकृया दिनुहोस्