News Portal

विप्लव निकट जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा विराेध प्रदर्शन

रातोपोस्ट संवाददाता
६६० पटक

काठमाडाैँ, ८ माघ। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालले पार्टि केन्द्रिय कार्यक्रम अनुसार आज काठमाडौंमा विरोध प्रदर्शन सम्पन्न गरेको छ।

कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका केन्द्रिय सचिव खेम प्रधान, केन्द्रिय सदस्य प्रतिक अधिकारी लगायत जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका नेता तथा सदस्यहरुको उपस्थिति रहेको जनाइएकाे छ ।

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका केन्द्रिय सचिव खेम प्रधानले सरकारको नालायकिपन, गैरन्यायिक गिरफ्तारी, दमन, धरपकड, भ्रष्टाचार,  ब्यापारीकरण, माफियाकरणका विरुद्ध सशक्त रुपले प्रतिकारमा उत्रिन अपिल गर्दै राज्यले दमन, धरपकड नरोके आफुहरु कडा प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट हुन आउने क्षतिको जिम्मेवारी सरकार हुने चेतावनी दिए।

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका केन्द्रिय सदस्य प्रतिक अधिकारीले नेपाल बन्दलाई सफल पार्न सम्पुर्ण मुक्तिकामी न्याय प्रेमि जनसमुदायमा सहयोग, समर्थनका लागिसबैमा अपिल गरेकाे बताइएकाे छ। विप्लव नेकपाले माघ १० गते नेपाल बन्दकाे आह्रवान गरेकाे छ।

प्रतिकृया दिनुहोस्