News Portal

नेपाल बन्दको पुर्वसंध्यामा मेची/कोशिका जिल्लाहरूमा विप्लव नेकपाकाे मशाल जुलुस

रातोपोस्ट संवाददाता
७४५ पटक

झापा,१० माघ। पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बांस्तोला कंचनको गिरफ्तारीको बिरोध र रिहाइको माग गर्दै आज शनिबार नेपाल बन्दकाे आयोजना गरेको नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको पुर्वसंध्यामा मेची/काेसीका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेको छ।

समाचार स्राेतका अनुसार झापाका ५ ओटा स्थानिय तहमा मशाल जुलुसहरु भएका छन । झापाको शिवसताक्षीमा आयोजित मशाल जुलुसमा पार्टिका जिल्ला सेक्रेटरी श्रींजगले सम्बोधन गरेका थिए । सेक्रेटरी श्रीजंगले राज्यले चरम रुपमा दमन बढाएकाले यसको प्रतिरोध गर्दै क्रान्तिलाई अगाडि बढाउन आवश्यक रहेको बताएका थिए ।

श्रीजंगले नेपाल बन्द सफल पार्न सबै झापाली जनतालाई अपिल समेत गरेका छन । झापाको गौरादह, दमक, कन्काइ, कमलमा पनि मशाल जुलुसहरु सम्पन्न भएकाे स्राेतले बताएको छ ।

पार्टिका जिल्ला नेताहरुले नेतृत्व गरेको मशाल जुलुसहरुमा झापाली जनताको उल्लेख्य उपस्थिती रहेको जनाइएको छ ।
त्यस्तै ब्युरो अन्तर्गतका जिल्लाहरू मोरङ्ग , सुनसरी, धनकुटा, ताप्लेजुङ , इलामको माइनगरपालिका र रोङ्ग गांउपालिकामा समेत मशाल जुलुसहरु सम्पन्न भएकाे जानकारी प्राप्त भएकाे छ। जुलुसलाई सम्बाेधन गर्दै अधिकांस नेताहरुले बन्दलाई सफल पार्न आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस्