News Portal

विप्लव नेकपाकाे बन्द : झापामा यात्रुबाहक बस ताेडफाेड

रातोपोस्ट संवाददाता
७६२ पटक

झापा,१० माघ । झापामा हतियारसहित आएका विप्लव नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै यात्रुबाहक बस ताेडफाेड गरेका छन्।

हतियारसहित आएका उनिहरूले काकडभिट्टाबाट धरानका लागि छुटेको बा४ख-८८९७ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित किराँत चोकमा रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ।

उनीहरूले बस रोकेर तोडफोड गर्नुका साथै बसको सिट समेत काटेको र पेट्रोल छर्किएर आगजनीकाे प्रयास समेत गरेको बसमा सवार यात्रुहरूले जानकारी दिए।

हतियारसहित समूहमा आएका युवाले बन्दका दिन बस चलाएर किन उल्लंघन गरेको भन्दै बसको सिसा फुटाइदिएको र आगजनीकाे प्रयास समेत गरेको प्रहरीले जनाएको छ।

यता घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तर, पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

पार्टी नेता धर्मेन्द्र बास्ताेला सहित पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै विप्लव नेकपाले आज नेपाल बन्दकाे घाेषणा गरेको थियोे ।

प्रतिकृया दिनुहोस्