News Portal

नेकपा माधव- प्रचण्ड पक्षको मेचीनगर भेलाले पौडेलको सम्योजकमा ५०१ जनाकाे संघर्ष समिति गठन

रातोपोस्ट संवाददाता
७४० पटक

झापा, १० माघ । नेकपा माधव- प्रचण्ड पक्षको मेचीनगर भेलाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन संवैधानिक कु भएको ठहर गर्दै प्रतिवाद गर्न ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

१ नं. प्रदेश कमिटि सदस्य तथा क्षेत्रिय ईन्चार्ज श्याम बिर लिम्बुको अध्यक्षता  तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कदमको सशक्त प्रतिवाद गर्न संघर्ष समिति गठन गरेको बताएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले पार्टी एकता र त्यसबखत भएका सहमती र सम्झौता भुल्दै ओली सत्ताको अतृप्ति भोगमा लिप्त भए कारण देश र जनतालाई ठुलो क्षती भएकाे उनले दाबी गरे  ।

सो बिस्तारित भेलाले प्रधानमन्त्री ओलीको कदमको सशक्त प्रतिकार गर्न मेचीनगर नगर स्तरमा झापा जिल्ला सदस्य अर्जुन पौडेल सम्योजक तथा बाबुलाल सुब्बा, बि.पि.भट्टराई, चेतन बिष्ट, इन्दिरा पोखरेल, राजन चिमरीया, रामबाबु मेचे, ज्ञानेन्द्र घिमिरे, लक्ष्मी थिङ्, राजु धिमाल, चिरञ्जीवी भट्टराई, भुपाल सापकोटा सहसम्योजक रहने गरि समिति निर्माण भएको छ । त्यसैगरी सचिवमा राजु दाहाल रहेका छन् भने सहसचिव बिनाेद मन्डल, दुर्गा धमला, तिलक दर्जी, उदय बराईली, बिमला देवकोटा, तुलसा तिवारी रहने गरी ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्ष मेचीनगरको आयोजनामा भएको बिरोध सभामा पार्टीका केन्द्रीय सदस्य राम कार्की (पार्थ), झापा संघर्ष समितिका संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य रविन कोइरालाले, नेकपा जिल्ला कमिटि सचिवालय सदस्य तथा भद्रपुर नगरपालिका उपप्रमुख चन्दा श्रेष्ठ, अनेरास्ववियू झापा जिल्ला सहसंयोजक दुर्गा धमलालगायले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा ताप्लेजुङ ईन्चार्ज भाष्कर काफ्ले, जिल्ला कमिटि सदस्यहरु अर्जुन पौडेल, नरेश सन्जेल, सन्तोष आचार्य, शंकर थापा, लालबहादुर थामी, संविधान सभा सदस्य चन्द्रलाल मेचे, अनेरास्ववियू झापा संयोजक अनिल सुवेदी, राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटि सहसम्योजक दधिराम रिमालगायको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटि सदस्य राजु धिमाल र सञ्चालन नेकपा जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्