News Portal

विप्लव निकट जनपत्रकार संगठन नेपालका संयोजक विक रिहा

रातोपोस्ट संवाददाता
९६७ पटक

काठमाडौं, ११ माघ। जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विक (दर्शन) लामो समयको हिरासत बसाई पछि रिहा भएका छन् । काठमाडौंको नारायणगोपाल चोकबाट पक्राउ परेका विकलाई जिल्ला प्रशासन कार्यलय अछामले साधारण तारिखमा रिहा गरेको हो ।

संगठनको काम गर्दै गर्दा राष्ट्रिय अनुसन्धान विभागको टोलीले उनलाई पुस २० गते पक्राउ गरेको थियो । केही समय महानगरिय प्रहरी बृत महाराजगञ्जको हिरासतमा रहेका उनलाई जिल्ला प्रशासन कार्यलय काठमाडौंले साधारण तारिखमा रिहा गरेको थियो । रिहा भए लगत्तै उनलाई प्रहरीले आछाम जिल्ला पुर्याएको थियो ।

केही सयम अछाम जिल्लाको हिरासतमा रहेको उनलाई जिल्ला प्रशासन कार्यलय अछामले साधारण तारिखमा रिहा भएका हुन् । हातहतिया तथा खरखजना मुद्धामा पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यलय अछामले आइतबार रिहा गरेको हो ।

अछाममा उनका दुई ओटा मुद्धा थिए । ती दुबै मुद्धामा बोलाएको समयमा उपस्थित हुनेगरी साधारण तारिखमा रिहा गरेको उनका भाई भरतबहादुर विकले बताए ।

प्रतिकृया दिनुहोस्