News Portal

विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

रातोपोस्ट संवाददाता
६९५ पटक

काठमाडौं, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो ।

काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् उनी मोडल समेत हुन् । मिस मंगोल २०१८ को उपाधि समेत जितेकी उनले म्युजिक भिडियोमा अभियन गर्नुका साथै स्टेज शो सञ्चालन गर्ने गर्छिन् ।

प्रतिकृया दिनुहोस्