News Portal

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

रातोपोस्ट संवाददाता
७०८ पटक

काठमाडौं, १३ माघ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारविरूद्ध भइरहेका आन्दोलनको समीक्षा र भावी कार्यक्रम, पार्टीको महाधिवेशन तयारी तथा प्रदेशमा नेकपाकै दाहाल-नेपाल समूहले पेस गरेको अविश्वास प्रस्तावमा के गर्ने भन्नेबारे छलफलको तयारी भएको छ ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहँदा कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गतेपछि पटकपटक स्थगित हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्