News Portal

कांग्रेसद्वारा प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

रातोपोस्ट संवाददाता
५१३ पटक

काठमाडौं,  १३ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले थप संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै, ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा गर्ने तयारी गरेको छ । गत माघ ९ गते नेकपा दाहाल-नेपाल समूहले उपत्यकामा शक्ति प्रदर्शन गरेको थियो भने माघ २३ गते सत्तारुढ नेकपाले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।

बैठकले माघ १९ गते भातृ संस्थाहरूले विरोध गर्ने, २४ गते शुभेच्छुक संस्थाको तर्फबाट र  २७ गते  भने ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकको निर्णय केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ । अहिले केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।

प्रतिकृया दिनुहोस्