News Portal

टेलिफिल्ममा पत्रकार पौडेलको इन्ट्रि

रातोपोस्ट संवाददाता
६७२ पटक

झापा, ३ फागुन । नेपाली टेलिफिल्म खै के खै के मा झापाली पत्रकार प्रकाश पौडेलको इन्ट्रि भएको छ ।

‘खै के खै के’ को २१ औं भागबाट पत्रकार पौडेलको इन्ट्रि भएको हो ।

‘भ्यालेनटाइन स्पेसन ऐपिसोट’ का रुपमा यो भाग निकै उत्कृष्ठ बनाउन खोजिएको छ । जसमा पत्रकार पौडेलको अभिनयले प्रमुख भुमिका खेलेको छ ।

पछिल्लो समय बाआमालाई छोरा छोरीले गर्ने व्यवहार कस्तो छ भन्ने कुरा यो भागमा देखाउन खोजिएको छ ।

टेलिफिल्ममा पत्रकार पौडेलले उनकी आमालाई आफूले घरमा राख्न नसक्ने भन्दै बृद्धआश्रममा लगेको र पछि उनलाई ‘भ्यालेनटाइन गिफट’को रुपमा नातीले घरमा ल्याएको दृश्यले दर्शकलाई सेन्टिमेन्टल बनाएको छ ।

छोराको भुमिकामा देखिएका पौडेलले आमासँग माफी मागेर आफुबाट गल्ति भएको महसुुस गरेको देखाउन खोजिएको छ । खबरमञ्च साप्ताहिकका सम्पादकसमेत रहेका पोडैलको अभिनयले सबैको मन जितेको छ ।

हरेक शुक्रवार यूटुव मार्फत प्रसारित हुने ‘खै के खै के’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । त्रिकोण क्रयू मिडिया मार्फत प्रसारण हुदै आएको टेलिफिल्म खै के खै के लाई झापा भद्रपुरका कृण्ण अनमोलले निर्देशन गरेका हुन । झापा भद्रपुर नगरपालिका–९ निवासी कृष्ण अनमोलले गाउँघरमै भइरहेका समसामयिक घटना र कोरोनालाई विषयवस्तु बनाएर टेलिफल्मको निर्माण गरेका हुन् ।

निर्देशक अनमोलका अनुसार ‘खै के खै के’मा पत्रकार प्रकाश पौडेलसँगै प्रसिद्ध गायक श्रीकृष्ण लुइँटेल, प्रसिद्ध अभिनेता सुभाष मेचे, विपीन प्रसाईँ, विमला चिमरिया, भुपाल परियार, मधु न्यौपानेलगायतको अभिनय रहेको छ । यसमा अशोक थापाको संगीत, श्रीकृष्ण लुइँटेल स्वर, शृङ्गार कृष्ण सुवेदी र क्यामेरा ज्ञानेन्द्र कोइरालाको रहेको छ ।

प्रतिकृया दिनुहोस्