News Portal

प्रधानमन्त्रीको टिप्पणी : लड्‌डु खुवाएर, मुख मिठ्याएर के पाउँछन् हेर्नुछ

रातोपोस्ट संवाददाता
७७० पटक

काठमाडाैं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीमा रहजुञ्जेल राम्रो काम गर्ने बताएका छन्। उनले अदालतको फैसलापछि केही मान्छेले लड्डु खाएर खुशी मनाएकाे भन्ने टिप्पणी पनि गरेका छन्।

‘हिजो अदालतको फैसला आएपछि मेरा केही भाइहरुले लड्डु ख्वाइख्वाइ गरे । के जितेको हो थाहा छैन । लड्डु खाएर, मुख मिठ्याएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछ’, उनले भने, ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नु हुन्छ कि जस्तो लाग्छ। राजीनामा देऊ राजीनामा देऊ भनेर, त्यतापट्टि चिन्ता गर्नु पर्दैन।’

उनले अदालतको फैसला सामान्य रहेको र त्यसमा लड्डु खाइहाल्नुपर्ने अवस्था नरहेको भन्दै प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै भने, ‘किन लड्डु खाए होला।’ अदालतबाट प्रतिनिधि सभा विघटन भएपछि प्रचण्ड र नेपालले हिजो साँझ एकअर्कालाई लड्डु खुवाएका थिए।

‘जिन्दगीको केही ठेगान छैन, जबसम्म मान्छे छ, तबसम्म राम्रो काम गर्ने हो। मेरो देश विकासको संकल्पमा कुनै फरक पर्दैन। स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराबाट धेरै असर पर्छ’, आज काठमाडौंमा आयोजितक एक कार्यक्रममा ओलीले भने।

प्रतिकृया दिनुहोस्