News Portal

नेकपा नाम विवाद मुद्दामा फागुन २० गते फैसला हुने

रातोपोस्ट संवाददाता
४०४ पटक

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले यही फागुन २० गते फैसला गर्ने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको निसु (निर्णय सुनाउने) २० गतेलाई तोकेको हो ।

ऋषिराम कट्टेलले नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाममा दर्ता भए पनि सोही नामको अर्को पनि पार्टी दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

आफ्नै पार्टीको नामसँग मिल्ने गरी केही संकेत थपेर पार्टी दर्ता गरिएको भन्दै कट्टेलले ०७५ मंसिर तेस्रो साता सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अहिले ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा पार्टी विभाजनको संघारमा हुँदा नाम कसले पाउने भन्ने विवाद निर्वाचन आयोगमा कायम छ ।

प्रतिकृया दिनुहोस्