News Portal

सरकारले गर्‍यो एकैपटक ३१ सहसचिवको सरुवा

रातोपोस्ट संवाददाता
५१५ पटक

काठमाडौं, १३ फागुन । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एकैपटक ३१ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो।

सरकारको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका शिव कुमार कार्कीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्र प्रसाद रिजाललाई पनि गृह मन्त्रालयमा सरुवा गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डका धमेन्द्र कुमार मिश्रलाई मधेसी आयोग, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

रक्षा मन्त्रालयका सहसचिव राम प्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा सरुवा गरिएको छ। राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ राज मैनालीलाई अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयको गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिकृया दिनुहोस्