News Portal

प्रचण्ड भन्छन्- केपी ओलीले आफूलाई महाराजा ठाने

रातोपोस्ट संवाददाता
३८५ पटक

काठमाडौं, १५ फागुन । प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई महाराजा ठानेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज नै भएको ठानेर आलोचना पनि सहने र अरुको कुरै नसुन्ने प्रवृत्ति देखिएको भन्दै उनले टिप्पणी गरे।

शनिबार नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै ओली कम्युनिष्ट वर्ग नभएको र हिजो कम्युनिष्ट आन्दोलनले जसका विरुद्ध सर्घष गर्‍यो त्यही वर्गको पक्षपोषण गर्न थालेको उनले आरोप लगाए । उनले भने, ‘बैठकमा बस्नु पनि नपर्ने। अरुका कुरा सुन्न पनि नपर्ने। आलोचना पनि गर्न नहुने । यो त हिजोका महाराजधिराजको चरित्र हो। त्यसैले ओली अहिले कम्युनष्टि वर्गका होइनन् ।’

कम्युनिष्ट आन्दोलनलाई कालो पोत्ने वा धब्बा लगाउने गरि कम्युनिष्ट पार्टीबाटै आएको कदम आश्चार्यजनक रहेको अध्यक्ष प्रचण्डको भनाइ छ। शिक्षकहरुको वामपन्थीप्रति आर्कषण बढ्नुमा नेपालको माटोको भूमिका रहेको उनको दाबी छ।

प्रतिकृया दिनुहोस्