News Portal

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा शिवाकोटी निर्वाचित

रातोपोस्ट संवाददाता
८६५ पटक

झापा, १७ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका प्रकाश शिवाकोटी निर्वाचित भएका छन् ।

उनले दुई हजार १३९ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष सुवास भट्टराईले १ हजार ६१५ मत मात्र प्राप्त गरे । ५१४ मतको फरकले शिवाकोटी निर्वाचित भएका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले दुई हजार ११६ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले १ हजार ५ सय ९२ मत मात्र प्राप्त गरेका छन् ।

उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले १ हजार ९ सय ४० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले १ हजार १८ मत प्राप्त गरे ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले २ हजार २७८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १ हजार ३ सय २३ मत प्राप्त गरे ।

यसैगरी महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ८ सय ४३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १ हजार ८ सय १७ मतमा चित्त बुझाउनु परेको थियो ।

उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले २ हजार ५ सय ५० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका धनबहादुर डाँगीले १ हजार ६३ मत प्राप्त गरे ।

वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले १ हजार ९ सय ६६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले १ हजार ६ सय ७४ मत मात्र प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २ हजार १ सय २२ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले १ हजार ५ सय २४ मतमा चित्त बुझाउनु परेको छ ।

महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले एक १ हजार ९ सय ७० मत ल्याई विजयी भएकी छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलकी रञ्जु प्याकुरेलले १ हजार ६ सय २४ मत मात्र प्राप्त गरेकी छन् ।

त्यसैगरी सदस्यहरुमा गुन्जन प्रसाई २००८, गौरीशंकर गुप्ता(टिंकु) १७९०, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, पुकार बराल २०००, बलराम सिटौला (राम) १८६१, विशाल थापा २०९९ मत ल्याई विजयी भएका छन् ।

यस्तै सदस्यहरु तुलसा खनाल ढकाल २१९५ र रुचि शिवाकोटीले २०७६ मत ल्याई विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यता सदस्यहरु गोविन्द कार्की १६४०, बलबहादुर लिम्बु(विसन) १७७५, भगिरथ लुईटेलको १४२२, मनोजकुमार साहको १७३२, सन्नी गोयलको १७१६, सुर्यकुमार खतिवडाको १६४६ र श्रृजना अग्रवाल (सोनी) ले १७६६ मत मात्र प्राप्त गरेको समितिले जनायो ।

प्रतिकृया दिनुहोस्