News Portal

बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्रीको घोषणा

रातोपोस्ट संवाददाता
६७९ पटक

, झापा १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका छन्। बिएण्डसीसँगै निर्माण पूरा भएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो घोषणा गरेका हुन्।

‘बिएण्डसी मेडिकल कलेजले अब छिट्टै सम्बन्धन पाउँदैछ’, उनले भने, ‘काठमाडौं विश्वविद्यालय (केयु) ले बिएण्डसी अस्पताल सञ्चालकलाई मेडिकल कलेज सञ्चालन अनुमति दिने निर्णय लिँदैछ।’

सम्बन्धनका लागि बिएण्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले २०७३ फागुन १५ गते चलानी नम्बर ४१९ मार्फत केयुमा निवेदन दिएको थियो। एमबिबिएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन पेश गरेको कुरालाई लिएर सहकुलपति एवम् शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशनमा केयुले यस्तो निर्णय गर्न लागेको हो।

तर चिकित्सा क्षेत्रमा भएको विसंगतिविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएका डा. गोविन्द केसीले केयूको निर्णय मान्य नहुने जिकिर गरेका छन्। चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ। अहिले काठमाडौं विश्वविद्यालय अन्तर्गत करिब दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा छन्।

प्रतिकृया दिनुहोस्