News Portal

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

रातोपोस्ट संवाददाता
१२३९ पटक

काठमाडौं , १९ फागुन । निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तहरुले सत्तारुढ नेकपाको विवाद तत्काल निरुपण गरेर निर्वाचन आयोगले आफ्नो शाखको ख्याल गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव, दोलखबहादुर गुरुङले विज्ञप्ती जारी गरेर आयोगलाई यस्तो आग्रह गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, आयोग अनिर्णयको बन्दी बन्दा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गम्भीर्यता तथा आयोगको आफ्नो शाखमा पर्न सक्ने असरलाई विचार गरी प्रचलित कानून र स्थापित नजीरका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं’ वक्तव्यमा भनिएको छ ।

Image

प्रतिकृया दिनुहोस्