News Portal

लोकतन्त्र पोस्ट दैनिकको प्रधान सम्पादकमा कार्की र कार्यकारी सम्पादकमा बराल नियुक्त

रातोपोस्ट संवाददाता
१०५६ पटक

झापा, २१ फागुन । लोकतन्त्र पोस्ट दैनिकको प्रधान सम्पादकमा अर्जुन कार्की र कार्यकारी सम्पादकमा डम्बर बराल नियुक्त भएका छन् । मेचीनगर–६ निवासी कार्की यसअघि लोकतन्त्र पोस्टको कार्यकारी सम्पादक पदमा कार्यरत थिए । २०६३ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय पत्रकार कार्कीले जनसंसद् दैनिक, जनआन्दोलन, मेची ट्यून्स एफएम र सौर्य दैनिकमा रिपोर्टरदेखि कार्यकारी सम्पादक तहमा रहेर पत्रकारिताको अनुभव गरिसकेका छन् ।

कार्यकारी सम्पादकमा नवनियुक्त बराल मेची आवाज साप्ताहिकको प्रधान सम्पादक छन् । २०५९ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील मेचीनगर–५ निवासी उनी यसअघि जनसंसद् दैनिकको सहसम्पादक थिए । विवेचना दैनिकमा बरालले लामो समय रिपोर्टिङ गरेका थिए । झापाको मेचीनगरबाट २०७१ पुस १६ गते प्रकाशन आरम्भ भएको लोकतन्त्र पोस्ट कोरोना महामारीका बेला सरकारले लगाएको लकडाउनका कारण केही अवधि बन्द रहेको थियो । त्यसपछि पत्रिका निरन्तर प्रकाशित भइरहेको छ ।

पत्रिकाका सम्पादक/ प्रकाशक मोहन काजीले नवनियुक्त प्रधान सम्पादक कार्की र कार्यकारी सम्पादक बराललाई शुक्रवार बधाइ तथा स्वागत गर्दै पत्रिकालाई नयाँ उचाईमा पुर्याउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्