News Portal

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

रातोपोस्ट संवाददाता
३६१ पटक

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्नु अघि नै संसदमा विश्वासको मत लिने निर्णय गरेका छन । त्यसका लागि वैशाख २७ मा संसद बैठक आह्वान गरिएको छ । गत पुष ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले निर्णयलगत्तै माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिए पुनः संसद विघटन हुने भएपछि माओवादीले समर्थन फिर्ता लिन सकेको थिएन ।

प्रतिकृया दिनुहोस्