News Portal

झापामा आज ३५ जना संक्रमणमुक्त , ६१ सङ्क्रमित थपिए

रातोपोस्ट संवाददाता
६६८ पटक

झापा , २ जेठ । पछिल्लो २४ घण्टामा झापामा ३५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै झापामा कोरोनाबाट मुक्त हुनेको संख्या ४ हजार ८ सय ४७ जना पुगेको छ । आज थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै झापामा कुल संक्रमितको संख्या ७ हजार ६ सय १६ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरूमा दमकमा १९, बिर्तामोड र कमल ७/७, मेचीनगर र भद्रपुरमा ४/ ४, हल्दिबारीका १२, अर्जुनधारा र शिवसताक्षी ३/ ३ र कन्काइ र कचनकवल १/ १ जना रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

आज झापामा ३ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा मेचीनगर ९ की ८६ बर्षिया महिला, कमल ६ का ७८ बर्षिय पुरुष र झापा ६ का ४५ बर्षिया महिला रहेका छन । योसंगै कोरोनाको दोस्रो लहर यता झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्