News Portal

कोरोना महामारीकाबीच निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

रातोपोस्ट संवाददाता
५२० पटक

काठमाडौं, ३ जेठ । कोरोना महामारीकाबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा आन्तरिकतर्फकाे हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।

मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोललाई १२३,  डिजेल/मट्टितेललाई १०६ र हवाई इन्धनलाई ७८ प्रतिलिटर तिर्नुपर्ने छ । निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको जनाएको छ ।

मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस्