News Portal

भद्रपुरका विपन्न ३४ परिवारलाई विलिभर्स इस्टन चर्चकाे सहयाेग

रातोपोस्ट संवाददाता
५३६ पटक

झापा, १५ असार । भद्रपुर नगरपालिका क्षेत्रका अति विपन्न तथा अशक्त ३४ परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ । भद्रपुर नगरपालिका ८ स्थित विलिभर्स इस्टन चर्चले नगर क्षेत्रका विभिन्न वडाका अति विपन्न परिवारलाई २५ केजी चामल,२ केजी मसुर दाल र १ लिटर सनफलावर तेल वितरण गरेको हो ।

चर्चमा प्रार्थना गर्न आउने विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले चढाएको भेटीको १० प्रतिशत रकमले उक्त खाद्य सामाग्री खरिद गरेर वितरण गरेको चर्चका फादर जगत् वाग्लेले बताए ।

फादर वाग्लेको अध्यक्षता तथा भद्रपुर नगरपालिका उप–प्रमुख चन्द्रामाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बाले मन्तव्य राखेका थिए भने सञ्चालन विक्रम वाग्लेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्