News Portal

भारतबाट चोरीका गाडी ल्याएर नक्कली ब्लुबुक बनाई बेच्‍ने गिरोह पक्राउ

रातोपोस्ट संवाददाता
३८३ पटक

काठमाडाैं, १५ असार । महानरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाई कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाको प्रहरी टोलीले भन्सार छल गरी चोरी गरेर ल्याएको सवारीसाधनका नक्कली सवारी दर्ता किताब (ब्लुबुक) समेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।

ग.३ च. १४६२ र प्रदेश ३ – ०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडी भन्सार छली काठमाडौं ल्याई ती सवारीसाधनको नक्कली सवारी दर्ता किताब (ब्लुबुक) लगायतका कागजात तयार गरी कारोबार गर्ने कमलबाबु पुरी भनिने लमजुङ सुन्दरबजार- ३ घर भई काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण- ८ बस्ने अरुण खड्का र भक्तपुर चाँगुनारायण- २ बस्ने मधु सिलवाल पनि रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताए ।

त्यस्तै, गाडीमा फेला परेको कमल बाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङ बयरवन घर भई काठमाडौंको शान्तिनगरमा बस्ने रेवतीरमन निरौलालाई पनि प्रहरीले पक्राउ गरको छ । निरौलाको कोठाबाट विभिन्न व्यक्तिहरूको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरू, होलोग्राम, लाइसेन्स, राहदानीलगायत सरकारी लिखितहरूसमेत बरामद भएको महाशाखा प्रमुख खापुङले बताए । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उनले बताए ।

प्रतिकृया दिनुहोस्