News Portal

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रातोपोस्ट संवाददाता
३१६ पटक

झापा, १६ असार । २१ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–३ पुलचोक बस्ने राजु थापा भन्ने २४ वर्षीय नुर खानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खानले ती महिलालाई मेचीनगर नगरपालिका–११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्