News Portal

लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा आचार्य चयन

रातोपोस्ट संवाददाता
६०१ पटक

झापा, १६ असार । सामाजिक कार्यमा सक्रिय लायन्स क्लब अफ मेचीनगरको एक वर्षे कार्यकालका लागि सन्तोष आचार्य चयन भएका छन् । लायन्स क्लब अफ मेचीनगरको आज सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष शंकर थापाले आचार्यलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेका हुन ।

संस्थाको अन्तराष्ट्रिय अभ्यास अनुसार अघिल्लो वर्ष नै नेतृत्वको टुंगो लागेको हुन्छ । उपाध्यक्ष पदको रोलक्रम अनुसार आगामी नेतृत्व चयन हुँदै जाने परम्परा भएको निवर्तमान अध्यक्ष शंकर थापाले बताए । यसरी नयाँ कार्यसमितिमा ३ जना उपाध्यक्ष सहित २६ सदस्यीय समिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा मोहन मैनाली, द्वितीय उपाध्यक्षमा गंगालाल गुरुङ र तृतीय उपाध्यक्षमा रोशन प्रधानले जिम्मेवारी प्राप्त गरेका छन ।

त्यसै गरी सचिवको जिम्मेवारीमा नवराज प्रधान र कोषाध्यक्षमा प्रविण थापा चयन भएका छन । क्लबको अन्तराष्ट्रिय अभ्यास अनुसार जुन एक तारिखका दिनबाट नयाँ समितिको कार्यकाल सुरु हुने परम्परा रहेको सचिव नवराज प्रधानले बताए । सन् २०१९ जुन १ तारिखबाट मेचीनगरमा सुरु भएको लायन्स क्लबको नेतृत्व शंकर थापाले गरेका थिए । थापाको अध्यक्षतामा आयोजित प्रजेन्टेसन कार्यक्रममा लायन्स क्लब अफ विर्तामोडका पूर्व अध्यक्ष निरज ओलीले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्