News Portal

तस्करीकाे सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

रातोपोस्ट संवाददाता
७९२ पटक

विराटनगर, १७ असार । अवैध रूपमा भारतबाट तस्करी गरी विराटनगरतर्फ ल्याइँदै गरेको चिनीसहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको नेतृत्वको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरामा को १ ख २१२९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो । ट्रकका सवारी चालक सुनसरी देवनगञ्ज गाउँपालिका– २ का २८ वर्षीय राजेश कुमार खत्वीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सवारी देवनगन्ज–२ का विसनदेव मेहताको भएको र तस्करीको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।बराम चिनी सुनसरीको कप्तानगन्जका होलसेल कारोबारी अरविन यादवको भएको बताइएको छ । चिनीको मूल्य रु. २ लाख १० हजार भएको सशस्त्र प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्