News Portal

माधव समूहको निर्णय यथास्थितिमा बालुवाटार नजाने

रातोपोस्ट संवाददाता
५९९ पटक

काठमाडाैं, १७ असार । नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको हो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्