News Portal

एनएमसी सहकारीको ४३ औं कार्यालय लक्ष्मीपुरमा

रातोपोस्ट संवाददाता
५६३ पटक

झापा, १७ असार । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र छहारी नेपाल कृषि सहकारी संस्था, लक्ष्मीपुर बीच एकीकरण भएको छ । एकीकरण पछि एनएमसीको ४३ औं शाखा कार्यालयको रुपमा स्थापित छहारी सेवा केन्द्र, लक्ष्मीपुर शाखाको बुधबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।

कनकाई नगपालिका ८ का वडाध्यक्ष प्रेमबहादुर कट्वालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता छहारी नेपाल कृषि सहकारी संस्थाका अध्यक्ष युवराज चुँडालले गरेका थिए । कार्यक्रममा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले हालसम्म गरेका कामहरुको सेवा ग्राहिहरुलाई सन्तुष्ट दिन सफल भएको बताए ।

उनले छहारी कृषि सहकारी संस्थासँग एकीकरण पश्चात अब ४३ औं शाखाको रुपमा एनएमसीको नयाँ शाखा विस्तार भएको बताए । कार्यक्रममा संस्थाका प्रमुख कार्याकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कनकाई क्षेत्रिय कार्यालय प्रमुख प्रकाश सुवेदीले गरेका थिए।

प्रतिकृया दिनुहोस्