News Portal

मेचीनगरमा कोरोनाकाे कारण श्रीमान-श्रीमतीको मृत्यु

रातोपोस्ट संवाददाता
६७८ पटक

झापा, १९ असार । झापा । कोरोना संक्रमणबाट श्रीमती वितेको २२ दिनपछि उनका श्रीमानको पनि कोरोनाकै कारण मृत्यु भएको छ । तीन साताको अन्तरमा उनीहरुको मृत्यु भएको हो । मेचीनगर १३ स्थित वडा कार्यालय छेउका ६९ वर्षीय पुरुषको गएराति बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो ।

तर, श्रीमानलाई श्रीमतीको मृत्यु भएको पनि पत्तै भएन । २२ दिनअघि कोभिड संक्रमित भएपछि बीएण्डसी अस्पतालमा श्रीमान र श्रीमतीसँगै उपचारमा थिए । ६५ वर्षीया श्रीमतीको उपचारका क्रममा त्यतिबेलै मृत्यु भयो । उनका श्रीमानलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । श्रीमानलाई लाग्यो श्रीमती निको भएर घर गइन् । परिवारले पनि बुबाको त्यस्तो अवस्था देखेर आमाको बारेमा केही भनिनन् । ‘अँ अँ घरमै हुनु हुन्छ’ भन्ने मात्र जवाफ बुबाले पाउँथे ।

तर, उनले श्रीमानलाई सदाका लागि छाडेर गइन् । भेन्टिलेटरमा उपचार गरिरहेका उनका श्रीमानको पनि शुक्रबार विहानको राति साढे १ वजे उपचारका क्रममा मृत्यु भयो । उनको शवलाई नेपाली सेनाको टोलीले आज दिउँसो चारआली जंगलमा दाहसंस्कार गरेको वडा अध्यक्ष कृष्ण सिग्दलले बताए ।उनीहरुका तीन जना छोरा, तीन जना वुहारी र तीन जना नातिहरु रहेको वडा अध्यक्ष सिग्देलले जानकारी दिए । योसँगै मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्