News Portal

नेपालले आफूपक्षीय सांसदहरूसँग भने- नयाँ पार्टी बनाउने रहर होइन, बाध्यता हो

रातोपोस्ट संवाददाता
३८९ पटक

काठमाडाैं, १९ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने रहर नभएको तर बनाउनुपर्ने बाध्यता आइपरेको बताएका छन्। उनले शनिबार आफूपक्षीय सांसदहरूसँगको बैठकमा यस्तो बताएका हुन्। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एक हुन नदिन अनेक षड्यन्त्र गरिरहेको बताए। ‘एमालेमै रहने हाम्रो चाहना हो।

तर, अर्को पार्टी बनाउने बाध्यता हामीमा आएको छ,’ नेता नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले नेपाल भने। नेता नेपालले सर्वोच्चमा दायर रिटमा २३ जना सांसदले गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने बताएको ती सांसदले बताए। ‘उहाँले बरु पार्टी जेसुकै होस् २३ जना सांसदको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने बताए,’ उनले भने।

नयाँ पार्टीको नामबारे केही टुंगो नलागे पनि सबै कम्युनिस्टहरुलाई अटाउने गरी पार्टी बनाउने तयारी भएको उनले बताए। नेत्रविक्रम चन्द, मोहनविक्रम, नारायणमान बिजुक्छेलगायत सबै कम्युनिस्ट नेतालाई अटाउनेबारे छलफल भइरहेको उनले बताए। सबैको सहमतिमा नै नयाँ पार्टी बनाउन पहल गर्ने नेता नेपालले बताएको ती सांसदको भनाइ रहेकाे थियो।

प्रतिकृया दिनुहोस्