News Portal

बैङ्किङ कसुर मुद्दामा फरार अभियुक्त बिर्तामोडबाट पक्राउ

रातोपोस्ट संवाददाता
३७२ पटक

झापा, २० असार । बैंकिङ कसुर मुद्दाका एकजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको याङवरक गाउँपालिका घर भई बिर्तामोड-५ मा बस्दै आएका ३६ वर्षीय नरेन्द्र तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत ३० गते उच्च अदालत विराटनगरको इलाम इजलासले तिम्सिनालाई बैङ्किङ कसुर मुद्दामा दोषी ठहर गर्दै १५ दिन कैद सजाय, ३४ लाख रुपैयाँ जरिवाना र पिडित राहत कोषमा एक लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो ।

फरार रहँदै आएका तिम्सिनालाई जिल्ला प्रहरी कार्यालय झापा र फैसला कार्यान्वयनको टोलीले ताप्लेजुङबाट पक्राउ गरी झापा ल्याएको हो । आज अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि उनलाई कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्