News Portal

निमित्त नगरप्रमुख उप्रेतीद्वारा नगरवासीलाई अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन आग्रह

रातोपोस्ट संवाददाता
४५५ पटक

झापा, १३ साउन । झापाको मेचीनगर नगरपालिकाले साउन १३ राती १२ बजेदेखि १९ गते मध्यरातको १२ बजे सम्म नगरमा शिल गरेकाे छ । नगरपालिकाले गरेकाे सिल कडाईका साथ लागु गरिने निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिएकी छिन् ।

निमित्त नगरप्रमुख उप्रेतीले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, नेपाल सरकारले सञ्चालन गर्नका निम्ति तोकेका बाहेकका सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न गराउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, हाट बजार, मेला, जात्रा, महोत्सव पार्टी भोजलगायत भीडभाडमा हुने सवै खाले कार्य बन्द गर्न गराउन समेत सवैमा आग्रह गरेकी हुन ।

नगरपालिकाकाे बैठकले यस अघि नै नगरमा रहेका सबै पसल, होटल व्यवसाय, मनोरञ्जनस्थल, सिनेमा , व्युटि पार्लर तथा सैलुन पूर्ण रुपमा बन्द गरिने बताइएको थियाे । नगरपालिकाले साउन १३ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म सिल गरेकाे छ ।

प्रतिकृया दिनुहोस्