News Portal

काँकडभिट्टाको सडकमा “ नाे एमसिसी ” लेखिएको नारा मेटियाे…

रातोपोस्ट संवाददाता
६१५ पटक

झापा, १५ साउन । राष्ट्रवादी समाज नेपाल झापाले हिजो बिहिवार नेपाल भारत सिमानाकामा रहेको मेचिनगर नगरपालिका स्थित काँकरभिट्टाका मुख्य चोक तथा सडकमा नो एमसिसी भन्दै सडकमा लेखिएको नारा मेटिएकाे छ । बजारका मुख्य सडक तथा चोकमा सो समाजका कार्यकर्ताले “नो एमसिसी” काे नारा लेखेका थिए ।

तर साेहि दिन राति नाे एमसिसीकाे नारा सेताे इनामेल लगाएर मेटिएकाे छ। राष्ट्रघाति सम्झौताका विरूद्व समाजले शान्तिपूर्ण कार्य गरेपनि नारा मेटाइएकाे भन्दै आक्रोश व्यक्त गरेको छ ।

राष्ट्रवादि समाज नेपालका झापा सल्लाहकार संयोजक गिरिराजमणि पौडेलले प्रहरी प्रशासन सँग अनुमति लिएर उक्त कार्य गरेको र कार्यक्रमकाे बीचमा प्रहरीले उक्त कार्य राेक्न भनेपछि हिजो कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए ।

आज विर्तामोडमा बैठक बस्ने र थप संघर्षका कार्यक्रम गरिनेछ। नारा मेटिएकाे ठाउँमा सिसी क्यामेरा जडान रहेकोले प्रहरी प्रशासनसँग फुटेज माग्ने र नारा कसले मेटाएकाे र किन मेटाएकाे बारे टुंगो लाग्ने पनि पौडेलले बताए ।

देश भन्दा ठुलो कुनैपनि वाद र विचार नहुने भन्दै राष्ट्रघाति सम्झौता विरूद्व समाजले थप संघर्षका कार्यक्रमहरू गरिने समाजका सदस्य भिम भट्टराईले जानकारी दिएका थिए। उनका अनुसार काेराेना भाइरसकाे असरलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गर्दै सडक लेखन कार्यक्रम झापा जिल्लाभरी गरिने बताइएको थियोे ।

याे कार्यक्रमलाई मेचीदेखि महाकालीसम्म राष्ट्रवादिहरूकाे सहकार्यमा विस्तार गर्ने र अझै सशक्त कार्यक्रम गरिने कार्यक्रमका संयोजक लिप्सन बास्तोलाले बताएका थिए । समाजले अबका कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधि लगायत केन्द्रीय नेता तथा सम्बन्धित क्षेत्रका निर्वाचित सांसद तथा मन्त्रीलाई ध्यानाकर्षण गराउने, राष्ट्रवादि शक्तिहरू जाे काेहिसँग राष्ट्रघाति एमसिसि सम्झौताका विरूद्व प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरू समेत तय गरेको छ । केहि दिन अगाडि समाजले झापाको काकडभिट्टा देखि विर्तामोडसम्म र्यालिसहित प्रदर्शन समेत गरेको थियोे ।

प्रतिकृया दिनुहोस्