News Portal

झापाबाट लागु औषधसहित ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
४८८ पटक

झापा, १६ भदाै । लागू औषधसहित तीनजना पक्राउ परेका छन् । लागू औषध कारोबार गर्ने तीनलाई प्रहरीले अर्जुनधारा नगरपालिका–४ स्थित मदनपुरबाट पक्राउ गरेको हो ।

मदनपुर क्षेत्रमा लागू औषध कारोबार भइरहेको भन्ने सूचना पाएपछि लागू औषध ब्युरो काँकडभिट्टा, ईलाका प्रहरी कार्यालय बिर्तामोड र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा –२ बस्ने १८ वर्षीय एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ वर्षीय सौगात खतिवडालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ७ ग्राम ब्राउन सुगर, ४९ हजार ५ सय नगद र ५ थान मोबाइल बरामद भएको छ । मङ्गलवार पक्राउ गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्