News Portal

तोकियो देउवाको गृहजिल्लामा अधिवेशनको मिति

रातोपोस्ट संवाददाता
४५३ पटक

काठमाडाैँ, २२ भदाै । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापति कै गृह जिल्ला डडेलधुरामा भने अधिवेशन सुरु हुन सकेको थिएन ।

केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची पठाएसँगै जिल्ला सभापतिलगातको बैठकले आगामी भदौ २५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।निर्वाचन समितिका संयोजक महादेव यादवले भदौ २१ गते डडेलधुराको क्रियाशील सदस्यहरुको सूची जिल्ला पठाइएको जानकारी दिए । यसपटक सूची भने सार्वजनिक गरिएन ।

क्रियाशील सदस्यसम्बन्धी विवादका कारण अझै पनि डडेलुधरासहित काँग्रेसका २१ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेको छ । बाँकी २० जिल्लाको पनि विवाद पनि चाँडै हल हुने यादवले आशा व्यक्त गरे । कृष्ण प्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सूची दिने बित्तिकै बाँकी जिल्लाहरुमा पनि अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्