News Portal

१५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
२९५ पटक

काठमाडौं, ३१ भदौ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा एक हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

हाल सक्रिय संक्रमित २५ हजार ७७२ जना छन् । यसैबीच आज थपिएकाम संक्रमितमध्ये काठमाडौंका २९३, ललितपुर ९८ र भक्तपुरमा ३९ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्