News Portal

थप १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३७६ पटक

काठमाडौं, १२ असाेज । गत २४ घण्टामा नेपालमा १४ हजार ३ जनाको परीक्षण गर्दा १ हजार १५८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३१८ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ६७२ पीसीआर परीक्षण गर्दा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ३३१ परीक्षण गर्दा २५४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १२ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेको छ ।

प्रतिकृया दिनुहोस्